
तनहुँ । नविन उपभोक्ता सहकारी संस्था लिमिटेडको तेह्रौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट सहकारीको अध्यक्षमा प्रेम रम्तेल, उपाध्यक्षमा टिकाराम दाहाल, सचिवमा बसन्त दरै र कोषाध्यक्षमा हरिबिलास अधिकारी चयन भएका छन् ।
समितिको सदस्यहरुमा रेशमलाल श्रेष्ठ, कल्पना पौडेल, दुर्गा पौडेल, सरिता पौडेल, सुनु माया गुरुङ चयन भएकमा छन् ।
लेखा समिति संयोजक गोविन्द भट्टराई र सदस्यमा गोपाल अधिकारी चयन भएका छन् ।
कर्जा लगानी तथा असुली उप–समितिको संयोजकमा राजेन्द्र केशरी न्यौपाने र सदस्यमा काजीबाबु पन्त रहेको सहकारीका निवतमान अध्यक्ष रामचन्द्र सापकोटाले बताए ।