images
images
images

हराएको मोबाइल फेला पारी प्रहरीद्वारा धनिलाई हस्तान्तरण

images

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको मोबाइल पत्ता लगाई सम्वन्धित मोबाइल धनीलाई नै बुझाएको छ । जिल्लाको व्यास-२ की डाली शाहीको २६ हजार मूल्य बराबरको भिभो मोबाइल प्रहरीले मोबाइल धनिलाई हस्तान्तरण हो ।

म्याग्दे गाँउपालिका सगै रहेको प्रसिद्ध धार्मिक तिर्थ स्थल अकला नजिक गत पौष २६ गते दमौलीबाट पोखरा तर्फ जादै गर्दा बाटोमा हराएको भनी खोजतलास गरिदन जिल्ला प्रहरी कार्यालय दमौलीमा निवेदन दिएकि शाहीको उक्त मोबाइल प्रहरीले पत्ता लगाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँका निरीक्षक शिवराज क्षेत्रीले सम्वन्धित मोबाइल धनीलाई उक्त मोबाइल हस्तान्तरण गरेका हुन् ।

मोबाइल धनी डाली शाहीले जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नो महत्त्वपूर्ण डकुमेन्ट रहेको उक्त मोबाइल पत्ता लगाई हस्तान्तरण गरेकोमा आभार व्यक्त गरेकी थिइन् ।

images