images
images
images

दमौलीका २२१ छाडा र घर पालुवा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप

images

तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको छाडा (सामुदायीक) तथा घर पालुवा कुकुरको बध्याकरण तथा रेविज विरुद्धको खोप शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रले मंगलबार र बुधवार आयोजना गरेको निःशुल्क उक्त शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो ।

उक्त शिविरमा मंगलबार ८५ र बुधवार १३६ कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । साथै ती कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।

छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको डा. श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले बन्ध्याकरणले छाडा कुकुरको जनसंख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको बताए ।

छाडा कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको पशु सेवा कार्यालयका प्रमुख डा.श्रेष्ठले बताए । कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्य रहेको उनले बताए ।

जिल्लाको व्यास नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ सम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको डा. श्रेष्ठले बताए । सामुदायिक (छाडा) कुकुरलाई समातेर ल्याउनको लागि केन्द्रिय कार्यालयबाट भेटेरिनरी एम्बुलेन्सको समेत व्यवस्था मिलाइएको थियो ।

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको छ । केन्द्रका प्रमुख डा. श्रेष्ठका अनुसार उक्त नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ ।

नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेविज विरुद्दको भ्याक्सिन पनि दिईएको कार्यालयका प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ आयोजना, केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंको प्राविधिक सहयोग व्यास नगरपालिकाको सहयोगमा कुकुरको बन्ध्याकरण र रेबिज बिरुद्दको खोप लगाईएको कार्यालयले जनाएको छ ।

बन्ध्याकरण र खोप लगाइएका कुकुरको देब्रे पट्टीको कानमा काटेर चिन्ह लगाईएको केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंका डा.अर्जुन अर्यालले जानकारी दिए ।

उनका अनुसार कुनै कुकुरले टोकिहाल्यो भने उक्त चिन्हले कुकुरमा खोप लगाएको र बन्ध्याकरण गरेको थाहा पाउन सजिलो होस भनि चिन्ह लगाइएको हो । उक्त शिविरमा ६ जना सर्जनको टीमले कुकुरको अप्रेशन गरेका थिए ।

रोट्रयाक्ट दमौलीद्वारा एक सय कुकुरलाई हाईलाइटर नेक बेल्ट

उक्त शिविरमै रोट्रयाक्ट क्लब अफ दमौलीले एक सय वटा सामुदायिक (छाडा) कुकुरलाई बन्ध्याकरण पश्चात हाईलाइटर नेक बेल्ट बाधेको छ । रातको समयमा हुने कुकुरहरु दुर्घटना नपरुन भनेर उक्त बेल्ट कुकुरको घाटिमा बाधिएको क्लबकी क्लब सर्भिस डिरेक्टर ममता श्रेष्ठले जानकारी दिईन । उनका अनुसार देशभर अन्य १७ वटा रोट्रयाक्ट क्लबले पनि सामुदायिक कुकुरलाई बेल्ट बाधेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS