दमौली , ११ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वन्दिपुरको धरमपानीम भएको जीप दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
धरमपानीमा १३ औं दिनको पूण्यतिथीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा के.स.भण्डारीले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
धरमपानीमा भएको जीप दुर्घटनामा कांग्रेसका क्षेत्रीय प्रतिनिधी हरिबहादुर न्यौपाने र उनकी श्रीमती सुशिला न्यौपाने सहित ६ जनाको ज्यान गएको थियो ।
श्रद्धाञ्जली सभामा जिल्ला सभापति जितप्रकाश आले ,उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ ,जिल्ला सचिव लक्ष्मीभक्त खनाल, बन्दिपुर गाउँ कार्य समितिका सभापति कर्ण खत्री ,भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।