images
images
images

ऋषिङमा करेन्ट लागेर वृद्धको मृत्यु

images
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका वडा नं ८ अजम्बरी सल्लाघारी जंगलमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । सोही स्थान बस्ने अन्दाजी ७०/७२ वर्षीय दल बहादुर रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दाउरा खोज्न जाने क्रममा बिजुलीको लाईनमा छुन गई करेन्ट लागी रानाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तत्काल सुचना प्राप्त हुनसाथ प्रहरी चौकी ऋषिङबाट प्रसनि क्षेत्र बहादुर थापाको कमाण्डमा घटना स्थल सुरक्षित गरी थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक ज्ञान बहादुर खडका समेतको टोली घटनास्थल खटिई गएकोन्र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS