images
images
images

प्रथम राष्ट्रिय बाख्रा दिवसमा अन्तरक्रिया, उत्पादनमा आधारित अनुदानको व्यवस्था गनुपर्नेमा जोड

images

तनहुँ । नेपाल व्यवसायीक बाख्रा पालक महासंघ तनहुँले प्रथम बाख्रा दिवस कार्यक्रम मनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेव विज्ञ केन्द्र तनहुँमा भएको कार्यक्रममा बाख्रा पालक सिनाहरुको हक हितका बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अधिकृत रामचन्द्र पण्डितले सरकारले किसानहरुलाई ज्ञान र सिप विकासमा लगानी गनुपर्ने बताए । साथै उनले तनहुँ जिल्ला दुद्य र मासुमा आत्मनिर्भर भएको बताँदै ब्यवासयीक रुपमा तनहुँमा पशुपालन ब्यवसाय अगाडी बढेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल व्यवसायीक बाख्रा पालक महासंघ निवतमान् केन्द्रिय सदस्य प्रकाश मल्लले बाख्रपालका लागि तालिमको जरुरी रहेको बताए । तनहुँमा ब्यवसायीक रुपमा बाख्रा पालन गर्ने किसानहरुको संख्या बढेको उनले बताए ।

सरकारका निकायहरुले किसानमुखी कार्यक्रम संचालन गनुपर्ने बताए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मान बहादुर भण्डारीले तनहुँमा उत्पादीत बाख्राको बजारीकरणमा जोड दिनु पर्ने बताए । उनले सरकारले उत्पादनमा आधारीत अनुदानको ब्यवस्था गनुपर्ने बताए ।

भण्डारीले बाख्रा पाल्ने किसानले उत्पादन लागतको आधारमा मुल्य निरधारण गर्न पाउनु पर्ने समेत बताए ।

नेपाल व्यवसायीक बाख्रा पालक महासंघ तनहुँका अध्यक्ष कुशल चन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेव विज्ञ केन्द्र तनहुँकी पशु चिकित्सक डा. सविना लम्साल, रुद्र ठकुरी लगातयले ब्यवसायी बाख्रा पालनका प्राविधि पक्षका बारेमा बताए थिए ।

कार्यक्रमको संचालन नेपाल व्यवसायीक बाख्रा पालक महासंघ तनहुँका सचिव बद्री पौडेलले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS