
तनहुँ । तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीद्वारा वालिङ नगरपालिका र भिरकोट नगरपालिकाले गरेको फोहोरमैला व्यवस्थापनको अवलोकन गरेका छन ।
सो टोलिले फोहोरमैला व्यवस्थापनको चुनौति एवं कार्यान्वयन प्रकृयाको वस्तुगत स्थितिको अध्ययन गरेको थियो ।
फोहोरमैला रिसाइकलिङ केन्द्र र सेफ्टि ट्यान्कीबाट आएको फोहोर केन्द्रको अवलोकन समेत व्यासबाट गएका टोलिले गरेका थिए ।
सो कार्यान्वयन प्रक्रियाको सुरुवाति डिपिआरको भिडियो समेत अवलोकन गरिएको व्यास नगरपालिकाले जनाएको छ ।
यस्तै कार्यालयको डिजिटाइजेसन र अत्याधुनिक प्रविधिको प्रयोग मार्फत भएको कार्य सम्पादनको अवलोकन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने जानकारी बताए ।
उक्त टोलिमा नगरप्रमुख न्यौपानेसहित, उप प्रमुख मिरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास १,२,३,४,५ र १० का वडा अध्यक्ष, कार्यपालिका सदस्य, पुर्वाधार शाखा प्रमुख र सरसफाई शाखा सहितको सहभागिता रहेको थियो ।