images
images
images

बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना

images

तनहुँ । तनहुँको व्यास-८ बर्लाचीमा सोमबार बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना गरिएको छ ।

स्वास्थ्य केन्द्रको उदघाटन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यको अधिकार प्रत्याभूत गराउन बर्लाचीमा स्वास्थ्य सहरी केन्द्र स्थापना गरिएको बताए ।

राज्यले हरेक नागरिकलाई स्वस्थ जीवन जिउन पाउने अधिकार सुनिश्चित गरेको छ, त्यसको कार्यवन्यन गर्न हामी प्रतिवद्द छौं, उनले भने । साथै नागरिकले शुलभ रूपमा छिटोछरितो स्वास्थ्य सेवा पाउने न्यौपानेले विश्वास व्यक्त गरे ।

उक्त स्वास्थ्य केन्द्रबाट दैनिक बिरामी चेकजाँच, खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा लगायतका सेवा नियमित संचालन हुने बताइएको छ।

साथै उद्घाटन कार्यक्रममा स्वास्थ्य शिविर, आधारभुत चेकजाँच जस्ता सेवा पनि संचालन गरिएको व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

केन्द्रमा २ जना स्वास्थ्यकर्मीले नियमित सेवा दिनेछन्। यसअघि बर्लाचीमा कात्तिकेचौर स्वास्थ्य चौकी मार्फत सेवा प्रदान गरिदै आइएको थियो। मुलुक संघिय संरचना अनुसार अघि बढेपछि व्यास ८ र ९ नं. वडामा विभाजन भई अलग अलग भएपछि सेवा प्रवाहमा कठिनाइ महसुस भइरहेको अवस्थामा स्थापना भएको यस स्वास्थ्य केन्द्रले नागरिकमा छुट्टै उत्साह थपेको कात्तिकेचौर स्वास्थ्य चौकीका प्रमुख कार्कीले बताए ।

व्यास-८ का वडा अध्यक्ष ओजराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मि, स्थानीय आमा समुह, युवा समूह लगायतको उपस्तिथि रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS