images
images
images

साथीको हत्या आरोपमा दरैपधेराका एक युवक पक्राउ

images

तनहुँ । आफ्नै साथीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले एक युवकलाई पक्राउ गरेका छ । जिल्लाको व्यास नगरपालिका– ११ दरैपधेरा निवासी २३ वर्षीय पूजन तिवारीले पोखरा घर भएका २६ वर्षीय किरणकुमार गुरुङको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

कोदालो प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

विहान गुरुङको हत्या भएपछि घटनास्थल पुगेको प्रहरीले हत्या गरेको व्यक्ति फरार भएपछि खोजी गरेको थियो । बिहीबार विहान आफ्नो घर नजिकै हत्या गरेपछि फरार रहेका तिवारीको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डले पक्राउ गरेको थियो ।

डुम्रे बजारमा सवारी साधनको चेकजाँच गरी अभियुक्तलाई प्रकाउ गरिएको रेग्मीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

images