दमौली , १७ पौष ।
नेपाली कांग्रेस तनहुँमा कोषाध्यक्ष सहित ६ जना जिल्ला सदस्य मनोनित गरिएको छ ।
नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठकले कोषाध्यक्ष सहित ६ जना सदस्य मनोनित गरेको हो ।
बैठकले कोषाध्यक्षमा श्रीराम सुवेदी सहित सदस्यहरुमा विश्व वास्तोला, श्यामराज उप्रेती, मिरा जोशी, हरि वाग्ले, हुतमणि अधिकारी र डम्बरबहादुर अधिकारीलाई जिल्ला सदस्यमा मनोनित गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
सभापतिका प्रत्यासी तथा निवतमान् जिल्ला सभापति बैकुण्ठ न्यौपाने विधानले नै जिल्ला सदस्य हुने ब्यवस्था गरेको छ ।
् कांग्रेस तनहुँमा अझै जिल्ला प्रवक्ता र केही सदस्य मनोनीत गर्ने अधिकार विधानले दिएको कांग्रेस तनहुँले जनाएको छ ।