images
images
images

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको साधारण सभा सम्पन्न

images

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रम इकाईका सभापति भुपाल आलेको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ रहेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले व्यवसायीक हकहितलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने ‘हामिले व्यवसायीलाई संघ प्रति आकर्षित गर्न सक्नुपर्छ ।’

तनहुँ महोत्सव पछि जिल्लामा लगानी सम्मेलन आयोजना गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

साधारणसभामा इकाईका सचिव माधव न्यौपानेले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन इकाइका निवर्तमान सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले गरेका थिए ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष अशोक कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, व्यास-३ का वडाअध्यक्ष प्रेमकुमार कुमार श्रेष्ठ, इकाई पुर्वसभापति विष्णुकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईका सभापति भिमलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, चेम्बर अफ कमर्स तनहुँका अध्यक्ष कविराज श्रेष्ठ, होटल संघ तनहुँका अध्यक्ष दुर्गाविलास भट्टराई, महिला उद्धमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, महिला उद्दमी समितिकी सभापति सकुन्तला आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS