तनहुँ । लायन्स क्लब अफ तनहुँ व्याससिटीको आयोजनामा भानु नगरपालिका-५ मैबलमा निशुल्क आँखा जाच शिविर भएको छ ।
उक्त एक दिने शिविरबाट १ सय ११ जना लाभान्वित भएको लायन्स क्लब अफ तनहुँ व्याससिटीका अध्यक्ष प्रदिप मल्लले जानकारी दिए ।
शिविरमा प्राविधिक सहयोग सगरमाथा चस्मा घरले गरेको कार्यक्रम संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । त्यस्तै औषधि नेशनल एपोलो हस्पिटल प्रा. लि र मिर्लुङ पोलीक्लिनिक प्रा.लि दमौलीले गरेको क्लबले जनाएको छ ।
दृष्टि विशेषज्ञ नविनराज बडु र सगरमाथा चस्मा घरको प्राविधिक सहयोगमा शिविरमा आँखा जाच गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि भानु-५ का वडाअध्यक्ष प्रकाश मल्ल रहेका थिए । सो अवसरमा वडाबासीको हरेक समस्यामा आफ्नो साथ रहने वडाअध्यक्ष मल्लले बताए ।
उनले भने ‘सुख र दु:खमा मेरो साथ रहन्छ ।’
लायन्स क्लबले शिक्षा र स्वास्थको क्षेत्रमा काम गरिरहेको विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेश्नल ३२५ बी १ का डिपार्टमेन्ट चिफ राजकुमार श्रेष्ठले बताए । उनले भने ‘जहाँ आवश्यक परेको हुन्छ त्यहाँ लायन्स पुग्छ ।’
कार्यक्रममा दिपक दाहाल, सामाजसेवि नहकुल अधिकारी, नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ का सहसचिव शैलेस खाति, क्लबका सदस्य अशोक शाह लगाएतले बोलेका थिए ।
कार्यक्रमको संचालन मैबल प्राविका पुर्व प्रधानाध्यापक बुद्ध कुमार परियारले गरेका थिए ।