तनहुँ । मगर राष्ट्रिय मुक्ति माेर्चा नेपाल तनहुँकाे अध्यक्षमा माेहन थापा मगर चयन भएका छन ।
बुधबार भएको कार्यक्रमबाट २३ सदस्यीय समिती गठन गरिएको छ । तेस्रो जिल्ला सम्मेलनबाट नयाँ समिति चयन गरिएको हो ।
त्यस्तै समितिको उपाध्यक्षमा हरिकला सारू, सुमन आले, सचिवमा टिकाराम थापा, सह-सचिवमा खड्क सिं राना र काेषाध्यक्षमा डि. बी. आले चयन भएका छन ।