तनहुँ । उद्घोष न्युज डट कमका निर्देशक एवं कार्यकारी सम्पादक उज्वल पौडेलसहित ३ जना पत्रकार दुबईमा विविध अवार्डद्वारा सम्मानित भएका छन् ।
क्रियाटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले तेश्रो सोसियल अवार्ड–२०२१ अन्तर्गत कार्यकारी सम्पादक पौडेललाई युथ जर्नालिस्ष्ट अफ द इयर अवार्डबाट सम्मान गरेको हो । पत्रकार पौडेल नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष हुन् ।
यस्तै सिनियर जर्नालिष्ट अवार्डबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले र युथ जनालिष्ट अफ द इयर अवार्डबाट गोरखाका राजेन्द्र न्यौपाने सम्मानित भएका छन् ।
दुबईमा आयोजित कार्यक्रममा बागमती प्रदेशका साँसद राजेन्द्र दाहाल र नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सुनिल खड्काले संयुक्त रुपमा उक्त अवार्डले उनिहरूलाई सम्मान गरेका हुन् ।
सम्मानित तिनै जना पत्रकार विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
















