तनहुँ । सञ्चारिका समुह नेपाल तनहुँ शाखाको तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले सम्झना रसाइलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा ममता गुरुङ, सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापा मगर, कोषाध्यक्षमा सर्मिला विक चयन भएका छन ।
यस्तै सदस्यहरुमा करुणा थापा, मन्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला रहेका छन ।
यस्तै संस्थाको सल्लाहकारमा निर्वतमान अध्यक्ष सन्तोषी श्रेष्ठ, भुमिका आले, उज्ज्वल पौडेल, नारायण खड्का र अस्मिता खनाल रहेका छन ।
सो अवसरमा गायक महतले संचार जगतको महत्त्वपूर्ण रहेको बताए। उनले भने ‘बन्दिपुरको प्रवर्द्धनको लागी नयाँ मेरो गित आउदै छ ।’
कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले रहेका थिए । सो अवसरमा काफ्लेले पत्रकारिता क्षेत्रमा महिला पत्रकारको ठुलो भुमिका रहेको बताए ।
कार्यक्रममा क्रियाशिल महिला पत्रकार तनहुँकी अध्यक्ष बिमला दुवाडी, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल लगाएतले शुभकामना मन्तव्य रहेका थिए ।