images
images
images

विश्व बैंकको लगानी रहेका परियोजनाबारे श्रममन्त्री श्रेष्ठसँग छलफल

images

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरुबिच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताको विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पु¥याउँदै आएको योगदानको लागि धन्यवाद दिदै आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे ।

विश्व बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पु¥याउदै आइरहेको सहयोगम हत्वपुर्ण रहेको बताउदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरुसँग वृहत छलफल गरी प्रभावकारी बनाइने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकबाट प्राप्त सहयोगले ठूलो योगदान दिइरहेको छ र यसलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गकालागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथाबजारको माग अनुसार रोजगारी आपुर्ति गर्ने तर्फ काम अगाडि बढाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

श्रम रोजगारी तथा सीप तालिमलाई एकीकृत रुपमा संचालन गर्न स्थानीय तह मार्फत नमुना सेवाकेन्द्रको संचालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको बताउदै मन्त्री श्रेष्ठले उक्त परियोजनामा विश्व बैंकबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मन्त्रालयले राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको अवधारणा अघि सारेको बताउदै उनले विश्व बैंकबाट प्राविधिक सहायता प्राप्त हुने विश्वास व्यक्त गरे ।

बेरोजगार, गरीब र जोखिमपुर्ण अवस्थामा रहेका समुदायको उत्थानकोलागि हाल सन्चालनमा रहेका विभिन्न सामाजिक सुरक्षा वा संरक्षण सम्बन्धि क्रियाकलापहरु एकीकृत रुपमा संचालन गर्ने योजना रहेको भन्दै मन्त्री श्रेष्ठले बिश्व बैंकसँग सहयोगको अपेक्षा गरिएको बताए ।

साथै उनले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमहरुलाइ एकत्रित रुपमा सन्चालन गर्ने तयारी गरिएको बताए । निर्देशक जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि आवश्यक नीति, क्षमता विकासतथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS