images
images
images

तनहुँका विद्यालयमा छात्रवृत्ति वितरण गर्दा व्यवस्थापन समितिबाट निर्णय गराउनुपर्ने

images

तनहुँ । तनहुँका विद्यालयहरुमा छात्रवृत्ति रकम वितरण गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराउनुपर्ने भएको छ ।

बुधबार शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माको उपस्थितिमा जिल्लाका १० वटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदा शाखाका प्रमुखहरुको बैठक बसी सो निर्णय गरिएको इकाईले जनाएको छ ।

छात्रवृत्ति पाउने विद्यार्थीहरुको नाम समेत उल्लेख गरी अभिलेख राखी स्थानीय तहले तोकेको दिनमा सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने व्यवस्थाको लागि विद्यालयहरुलाई निर्देशन गर्ने निर्णय भएको इकाईका प्रमुख शर्माले जानकारी दिए ।

यस्तै जिल्लामा अनुमति प्राप्त गरेका तर गत शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभइ हाल सञ्चालनमा नरहेका (विद्यार्थी विहिन) विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहबाट तत्काल प्रकृया अघि बढाउने निर्णय समेत उक्त बैठकले गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS