images
images
images

एमालेको केन्द्रीय सदस्यमा तनहुँका सिग्देल, न्यौपाने र रसाइली निर्विरोध निर्वाचित

images

तनहुँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा टुकराज सिग्देल, भगवती न्यौपाने र सविता रसाइली निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनमा उनीहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

सिग्देल गण्डकी प्रदेशबाट खुल्ला तर्फ निर्वाचित भएका थिए । उक्त क्षेत्रमा सिग्देल सहित ६ जनाको मात्र उम्मेदवारी परेको थियो ।
यस्तै न्यौपाने खुल्ला महिला क्षेत्रबाट निर्वाचित भएकी हुन् ।

रसाईली भने दलित महिला क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

केन्द्रीय सदस्य निर्वाचित हुने सिग्देल संविधानसभा सदस्य हुन् ।त्यसैगरी न्योपाने राष्ट्रिय सभा सदस्य एवं एमाले तनहुँको सचिव हुन् । रसाईली शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख एवं एमाले जिल्ला सचिवालय सदस्य हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS