तनहुँ । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको सभापतिमा नेपाली काँग्रेस तनहुँका पुर्वसभापति रघुनाथ पौडेल उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आगामी मंसिर १६ र १७ गते पोखरामा नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशन हुँदछ । नेता पौडेलले काँग्रेसलाई वैचारिक र सांगठनिक हिसाबले बलियो बनाउन प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।
‘पैसा र गुण्डासंग सक्दिन तर विचारमा मलाई हराउने कोहि छैन ।’ नेता पौडेलले भने ‘जित्छु भन्नेमा ढुक्क छु ।’ उनले भने ‘मलाई आफ्नो गृहजिल्लाबाट पूर्ण समर्थन छ ।’
आफुलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्रिन सिग्नल दिसकेको नेता पौडेलले बताए । उनले भने ‘मैले वरिष्ठ नेतासंग छलफल गरे, उहाँले गो अहेड भन्नुभो त्यसैले मा अघि बढेको हुँ ।’ उनले अगाडी भने ‘मलाई महामन्त्रीको समेत साथ छ ।’
साथै ११ जिल्लाबाट आफुलाई अत्याधिक मतप्राप्त गरि विजयी हुनेमा आफू पुर्ण विश्वस्त रहेको पौडेलको दावी छ । पार्टीको चुनाव जसले जिते पनि उपविजेतालाई सम्मान दिनुपर्ने नेता पौडेल बताउछन ।
पौडेल २०३२ साल देखि २०४३ साल सम्म नेपाली काँग्रेस तनहुँको सदस्य भै निरन्तर विभिन्न पदमा रहेर आएका अग्रज नेता हुन । सदस्य,सचिव र उपसभापति हुदै ऊनी नेपाली कांग्रेस तनहुँको ३ कार्यकाल जिल्ला सभापति भएका थिए । राजनीतिका अलावा तनहुँ लायन्स क्लव, एम्नेष्टी इन्टरनेशनल , शिक्षण पेशा उनि आवद्द थिए ।
अन्य पार्टीहरुले प्रदेश संरचना बनाइ सक्दा समेत काँग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन। १४ औं महाधिवेशनमा आएर पार्टीले प्रदेश संरचना बनाएसँगै प्रदेशको नेतृत्वका लागि काँग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीका तीन जनाले दावी गरेका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।