images
images
images

दमौलीबाट सिडेनको चुनावी प्रचार सुरु, ‘मंसिर २४ मै निर्वाचन गर्ने तयारी’

images

तनहुँ । नेपाली काङ्ग्रेस निकटको इन्जिनियर एसोसिएसन (सिडेन)ले आगामी मंसिर २४ गते हुने चुनावको प्रचार तनहुँबाट सुरु गरेको छ ।

बुधबार उम्मेदवार परिचय एवं भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सिडेनले देश दौडाहा तनहुँको दमौलीबाट सुरु भएको जानकारी दिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा उनले सिडेन काङ्ग्रेसको शुभेच्छुक संस्था भएकाले पार्टीको कमिकमजोरीमाथी सल्लाह सुझाव समेत दिनुपर्ने उनले बताए ।

सिडेन तनहुँको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।

नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचन ३३औं केन्द्रिय कार्यकारिणी दोस्रो गण्डकी प्रदेश कार्यकारिणी समितिको जानकारी दिन पत्रकार सम्मेलन समेत सिडेनले गरेको थियो ।

प्रत्यक्ष निर्वाचन प्रणाली चुनाव हुने र साढे २१ हजार मतदाता रहेको सिडेनका केन्द्रिय अध्यक्ष उमेश थानिले जानकारी दिए ।

देशभर १४ ठाँउ मतदान केन्द्र रहने र गण्डकी प्रदेशको लागी मतदान केन्द्र पोखरामा हुने उनले जानकारी दिए ।

लोकतान्त्रिक इन्जिनियरको टिम सिंगल नै चुनाव जित्नेमा आफुहरु ढुक्क रहेको उनले बताए ।

एसोसिएसनको केन्द्रमा २५ जना र प्रदेशमा १५ जना निर्वाचित हुनेछ ।

३२औं कार्यसमितिमा रहेकाले चुनाव हार्ने सम्भावना भएकाले चुनाव सार्न खोजेको उनिहरुको आरोप छ ।

आगामी मंसिर २४ गते नै चुनाव गर्ने प्रयासमा रहेको सिडेन गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

आगामी मंसिर २४ गते चुनाव हुने मिति तोकिएको छ । तर निर्वाचन हुने संभावना कम रहेको देखिन्छ ।

कार्यकाल सकिएको समिति अवैधानिक भएको सिडेनको आरोप छ ।

केन्द्रिय सदस्यका उम्मेदवार रविन्द्रलाल मुलले उक्त पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए ।

इन्जिनियर डा.हरि बहादुर दर्लामीको नेतृत्वमा लोकतान्त्रिक समुहले उम्मेदवारी घोषणा गरेको छ । उक्त समुहले गण्डकी प्रदेश कार्यकारिणी समितीमा इन्जिनियर बृजेन्द्र केसीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।

तनहुँबाट केन्द्रिय सदस्यमा इन्जिनियर रविन्द्रलाल मुल र सह-सचिवमा इन्जिनियर सुवर्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS