images
images
images

नेपाली काँग्रेसको १४औं महाधिवेशन: तनहुँको दुवै निर्वाचन क्षेत्रमा मतदान सकियो (खसेको मतसहित)

images

तनहुँ । नेपाली काँग्रेस तनहुँको दुई निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सोमबार जिल्लाको दुई निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको हो।

सोमबार तनहुँका दुवै प्रतिनिधि सभा क्षेत्रमा मतदान सकिएको छ ।

जसअनुसार तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा कूल ९५४ मध्ये ९३१ मत खसेको छ ।

बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । सोमबार रातिबाटै मतगणनाको तयारी थालिएको छ ।

क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिका लागि विश्व बास्तोला र श्याम मौराती चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै नेपाली काङग्रेस क्षेत्र नं. २ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वकोलागि सोमवार भएको निर्वाचनमा ८ सय ६० मत खसेको छ । यस क्षेत्रमा ८ सय ६६ मतदाता छन् ।

कुल मतदातामध्य ६ जनाले मतदान नगरेको निर्वाचन अधिकृत केशवराज काफ्लेले जानकारी दिए ।

निर्वाचनबाट संघीय निर्वाचन क्षेत्र अन्तर्गतको क्षेत्रीय नेतृत्व चयन हुनुका साथै महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुनेछन् ।

क्षेत्र नं. २ मा क्षेत्रीय सभापतिसहित २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

क्षेत्र नं. २ को सभापतिको लागि कृष्णराज पण्डित र चुुडामणि खनालको प्यानल चुनावी मैदानमा छ ।

दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा प्यानलसहित सोमबार क्षेत्रीय पदाधिकारी चयनका लागि मतदान भएको थियो ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका लागि विश्व बाँस्तोला र श्याम मौरती तथा क्षेत्र २ मा कृष्णराज पण्डित र चुडामणि खनाल मैदानमा छन् ।

क्षेत्र १ का सभापति उम्मेदवार बाँस्तोलालाई केन्द्रमा संस्थापन समूहको साथ छ भने मौरतिलाई संस्थापन समूहको साथ छ ।

यसैगरी, क्षेत्र २ का सभापति उम्मेदवार कृष्णराज पण्डितलाई केन्द्रमा गैर संस्थापन तथा चुडामणि खनाललाई केन्द्रमा संस्थापनको साथ छ । दुवै समूह सबै पदमा प्यानल लिएर अघि बढेका छन् । पवित्रा पौडेल क्षेत्र १ को खस आर्य महिलातर्फ सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदीप पौडेलले गैर संस्थापन तथा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले संस्थापन समूहको नेतृत्व गरिरहेका छन् ।

तनहुँका प्रमुख निर्वाचन अधिकृत भानुभक्त सुवेदीले जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

यसअघि तनहुँमा शुक्रबार र शनिबार दुई निर्वाचन क्षेत्रको ४ प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि जिल्लाका ८५ वडा र १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

काँग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS