तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बृद्वाको हत्या आरोपितलाई सार्वजनिक गरेको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी हत्या आरोपित युवलाई चौविस घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो ।
बृद्धा हत्यामा संलग्न भएको आरोपमा व्यास नगरपालिका-६ निवासी १९ बर्षीय महेन्द्र कुमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ। आरोपित कुमालले सोही वडा स्थित बुढाको चौतारा नजिकको सार्वजनिक ठाँटीमा मागेर खाँदै आएकी छिमेकी जिल्ला पालुङटार नगरपालिका-७ सतिघाट निवासी मनेना कुमालको हत्या गरेको तनहुँ प्रहरीले जनाएको छ ।
गत कार्तिक ३० गते साँझ साढे ७ बजेको समयमा बृद्धा महिलाको टाउँकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको स्वीकारेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए । मंसिर १ गते अन्दाजी १०:५० को समयमा बद्धा महिलाको ढङ्गा प्रहार गरी मृत अवस्थामा रहेको भनि स्थानीयबासीले प्रहरीमा खबर गरेपछि प्रहरी चौकी शिशाघाटबाट गएको प्रहरी सहायक निरीक्षक बासुदेव कुवँरको टोलीले घटनास्थल सुरक्षित राखेर सहयोग गरेको थियो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान कार्यमा प्रयोग गरिने तालिम प्राप्त कुकुर समेतको प्रयोग गरी प्राराम्भिक अनुसन्धान गरिएकोले अनुसन्धानमा थप सहज भएको उनले बताए । आरोपित युवाले मदिरा सेवन गरेको र मदिराबाट उत्तेजित भई हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
प्रहरीले निजलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त टोपी आफ्नो भएको र आफुले बृद्धालाई तीन पटक ढुङ्गाले हानी कर्तव्य गरी हत्या गरेको स्वीकार गरेपछि थप अनुसन्धान थालिएको तनहुँका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।