images
images
images

कौडा खेलिरहेका ११ जना नगद सहित पक्राउ

images

 

दमौली ३० कात्र्तिक
म्याग्दे गाउँपालिका वडा नं. ४ फलाम्दीबाट कौडा खेलिरहेका ११ जना नगद सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका वडा नं. ४ फलाम्दीका खड्क बहादुर आलेको घरमा जुवा कौडा खेल भई रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पु तनहुँबाट प्रहरी टोली खटी गई सम्बन्धित घरमा खानतलासी गर्दा जुजा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका पक्राउ पर्नेमा घर धनि खड्क बहादुर आले, सहित भरत आले, डिल बहादुर आले, लिला बहादुर थापा, अनिल थापा, राज कुमार आले, ज्ञान बहादुर थापा, गजेन्द्र थापा, शंकर बहादुर थापा क्षेत्री, रुप नारायण मल्ल र भिमसेन नारायण श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा फेला पारीकौडा खेली रहेको खालबाट खेल्दै गरेको कौडा १६ थान कौडा र एकमुष्ट नगद रु.४५ हजार ३ सय २० रुपैँया सहित नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकाहरु जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा सम्बन्धी कसुर शिर्षकमा म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS