
तनहुँ । टिम नेपो तनहुँले नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
सो कार्यक्रमको सभापति टिम नेपो तनहुँका अध्यक्ष मिन कुँवर थिए भने उक्त कार्यक्रमका प्रमुख अतिथि टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेल रहेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा गण्डकी प्रदेशका प्रदेश संयोजक प्रवेश पण्डित र अतिथिमा टिम नेपो तनहुँका निवर्तमान अध्यक्ष गोविन्द तिमल्सिना थिए ।
कार्यक्रममा टिम नेपो तनहुँका युवा युवतीहरुलाई नेतृत्व विकास सम्बन्धी विभिन्न तालिम दिइएको थियो ।
नेतृत्व विकास तालिम दिन टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेल उपस्थित थिए ।
संस्थाले जिल्ला कारागार तनहुँमा १३ हजार बराबरको २०५ थान किताब सहयोग गरेको टिम नपो तनहुँका सम्पादक उमेश पौडेलले बताए ।