images
images
images

पाँचदलीय समन्वय समितिले सरकारको काममा हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

images

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँचदलीय समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

सत्तारुढ पाँच दलले ११ सदस्यीय समन्वय समिति बनाएका छन् र आलोपालो नेतृत्व गर्ने सहमति अनुसार सुरुको दुई महिना पौडेल संयोजक तोकिएका छन् ।

संयोजक पौडेलले वर्तमान राजनीतिक व्यवस्था र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने भएकाले समन्वय गर्न मात्र समिति बनाइएको बताए । पौडेलले भनेका छन्, ‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो । त्यो सबै किसिमले जनताप्रति, संसदप्रति उत्तरदायी बन्छ । त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नु हुन्न ।’

उनले समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुनेमा जोड दिए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरुबारे पाँच दललाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु भएको भन्दै उनले भने, ‘कसैले उपयोग गर्ने वा सरकारको काममा दख्खल दिने हतियार बनाउने कुरा हामी मान्दैनौँ । सरकारको काममा दख्खल गर्ने काम गर्नै हुन्न ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS