images
images
images

शिवशक्ति युथ क्लबकाे साँस्कृतिक कार्यक्रम सम्पन्न

images

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका वडा नँ २ स्थित शिवशक्ति युथ क्लबकाे अायाेजनामा भएको विविध साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

दिपावलिकाे अवसरमा बुधबार जामुनेकाे पिपलडिहिमा अायाेजित कार्यक्रमलाई काङ्ग्रेस नेता शंकर भण्डारीले सम्बाेधन गर्दै युवाहरूलाई समाजिक काम गर्दै संस्कृतिको जगेर्ना गर्ने अनुरोध गरे ।

तनहुँ कला र संस्कृतिको दृष्टिकोणले पनि सम्भावना रहेको जिल्ला भन्दै भण्डारीले समाज परिवर्तनमा युवाको भुमिका महत्त्वपूर्ण हुने बताए ।

क्लवका अध्यक्ष रमेश क्षेत्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य एवं काङ्ग्रेस नेता ध्रुव वाग्ले, नेका केन्द्रीय बिदेश बिभाग प्रमुख नर्वु लामा शेर्पा , म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , वडा अध्यक्ष माेहन कुमार श्रेष्ठ , काङ्ग्रेस म्याग्दे सभापति रामभक्त घिमिरे , नेकपा एमाले म्याग्दे इन्चार्ज रत्ना घिमिरे , शुलभ अधिकारी, कृष्ण रानाभाट, नन्दु थापा लगायतले कार्यक्रमकाे सफलताको शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा कलाकारहरू बिन खाति , कृष्ण सुवेदी , सजना बास्ताेला , सरस्वती लामिछाने , मिठु झा , बालकृष्ण वाग्ले लगायतले गित गाएर दर्शकलाई मनाेरञ्जन गराएका थिए ।

साँस्कृतिक कार्यक्रममा दर्शकहरूकाे उल्लेख्य सहभागीता रहेको क्लवका अध्यक्ष रमेश क्षेत्रीले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS