तनहुँ । जिल्ला समन्वय समितिको तनहुँको आयोजनामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक समिक्षा सम्पन्न भएको छ ।
श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्लाका १० वटा पालिका र जिल्लामा रहेका विषयगत कार्यालयले सम्पदान गरेका कामहरुका बारे समिक्षा भएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई जिल्ला समन्वय समिति तनहुँका उप प्रमुख पवित्रा देवी पौडेलले स्वागत गरेकी थिइन् ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रवक्ता गल गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा सांसद कलिला खान, राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, प्रदेश सांसद राम बहादुर गुरुङ, सरीता गुरुङ, जिल्लामा रहेका पालिकाका प्रमुख उप प्रमुख, प्रमुख जिल्ला अधिकारी विश्व प्रकास आर्यल, विषयगत कार्यालयका प्रमुखहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीले बताए ।