damuli hospatail

२४ मंसिर २०८०, आईतवार

आँबुखैरेनिको समस्तीपुरमा कौडा खेलिरहेका १५ जना पक्राउ (नाम सहित)

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ समस्तिपुर स्थित क्विन्स बी रेष्टुरेन्टबाट कौडा खेलिरहेका १५ जना पक्राउ परेका छन् ।

शनिबार राति उक्त रेष्टुरेन्टबाट कौडा खेलिरहेको अवस्थामा प्रकाश खनाल, मेख बहादुर गुरुङ, बिनय गुरुङ, देबेन्द्र सेढाई, नारायण गुरुङ, तुल बहादुर गुरुङ, पुर्ण बहादुर गुरुङ, बिकास गुरुङ, प्रितम गुरुङ, गंगाराम मिश्र, अन्जन गुरुङ, आसिस गुरुङ, सिवराज गुरुङ, पुर्ण बहादुर गुरुङ र खडक बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सो रेष्टुरेन्टमा दिउसोदेखी लगातार रुपमा ठुलो धनराशीमा जुवा (कौडा) खेलिरहेको गोप्य सूचना प्राप्त पश्चात जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट संयुक्त रुपमा प्रहरी टोली उक्त स्थानमा खटी गई सम्बन्धित घर खानतलासी गर्दा खेलिरहेको खालबाट नगद रु १ लाख १३ हजार १० रुपैयाँसहित कौडा १६ थान सहित बरामद गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका माथि जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala