
तनहुँ । तनहुँको देवघाट गाउँपालिका को आयोजनामा फरक क्षमता भएका ब्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ति शिविर कार्यक्रम आइतबारबाट सुरु भएको छ ।
देवघाट गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उचित तरिकाले पहिचान गरि सरकारबाट पाउने सेवा सुबिधा ब्यवस्थापनमा कुनै कमि नहुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले बताए ।
सो कार्यक्रममा देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको क्षमतालाई पहिचान गरि सरकारले सम्मान गर्नुपर्ने बताए ।
सो घुम्ति शिविर कार्यक्रम देवघाट गाउँपालिका भित्र आइतबारदेखि १६ गते सम्म गाउँपालिकाको विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ।
कार्यक्रममा देवघाट गाउँपालिका लेखा शाखा प्रमुख उमानाथ ढकाल, देवघाट गाउँपालिका अपाङ्ग सरोकार समितिका अध्यक्ष ऋषिराम लामिछाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल र डा.सागर घिमिरे लगाएतको उपस्थिति रहेको थियो।