images
images
images

एमाले शुक्लागण्डकीको अध्यक्ष पुनः तिम्सिना

images

दुलेगौँडा । नेकपा एमालेको शुक्लागण्डकी नगर कमिटी अध्यक्षमा पुनः मुक्तिनाथ तिम्सिना दोहोरिएका छन् ।

एमाले र माओवादी केन्द्रबीच एकता हुदाँ नेकपाको तिम्सिना नगर कमिटी संयोजक थिए ।

मंगलबार भएको अधिवेशनबाट तिम्सिना पुनः अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् ।

त्यसैगरी नगर कमिटी सचिवमा रघुनाथ पौडेल चयन भएका छन् ।

अध्यक्ष र सचिव सर्वसम्वत टुङ्गो लागेपनि अन्य पदहरुमा आकाँक्षीहरु रहेको हुदाँ मतदात हुने सम्भावना देखिएको बताइएको छ ।

सकेसम्म सर्वसम्वत गराउने प्रयास भइरहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

एमालेले यसअघि नै कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एकरएक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS