तनहुँ । सांग्रिला डेभलपमेन्ट बैंक दमौली शाखाले आफ्नो बैंकको १७औं वार्षिकोत्सवको अवसरमा शिव मा.वि व्यास १० दुम्सीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तिय साक्षरता कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विधार्थी र शिक्षकहरु लगायतको उपस्थितिमा कार्यकम सम्पन्न भएको हो ।
वित्तिय साक्षरता कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक दमौली शाखाका शाखा प्रमुख सन्तोष श्रेष्ठले विद्यार्थीहरुलाइ बचत, बिप्रेषण, बिमा बैंकिङ सेवाको उपभोग कसरी गर्ने आदिको बारेमा प्रष्ट पारेका थिए ।
साथै कर्जा शाखाका समिर मल्लले कर्जा कसरी लिने, कर्जाका फाइदाहरु, कर्जा सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमलाई बैकका कर्मचारी विकास वास्तोलाले सहजिकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक तिर्थ राज परियारले यस कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरेको र यस्ता कार्यक्रमले विद्यार्थीलाई उत्प्रेरणा मिल्ने बताए ।
बैंकले देशभर छरिएर रहेका ९७ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा, बचततर्फ आकर्षक ब्याज, रेमिट्यान्स सुविधा, मेबाइल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको छ ।