images
images
images

श्रममन्त्री श्रेष्ठसँग स्विजरल्यान्डकी राजदूत क्यापेलरले गरिन शिष्टाचार भेट

images

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)सँग नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

श्रममन्त्रालयमा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको श्रममन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।

भेटमा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन थप मद्दत पुग्ने श्रम मन्त्रालयले विश्वास लिएको जनाइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS