images
images
images

तनहुँसुरका क्यान्सर पीडितलाई श्रममन्त्री श्रेष्ठद्वारा आर्थिक सहयोग

images

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले क्यान्सर रोगबाट पीडित एक बृद्धको उपचारमा आर्थिक सहयोग प्रदान गरेका छन ।

जिल्लाको व्यास नगरपालिका वडा नं. ११ तनहुँसुर निवासी काजीबाबु अधिकारीलाई मन्त्री श्रेष्ठले २० हजार रुपैया आर्थिक सहयोग गरेका हुन ।

“उपचारमा आर्थिक समस्या भएको जानकारी पाएपछि केही सहयोग गरेको हुँ।” मन्त्री श्रेष्ठले भने ।

उनले सरकारको तर्फबाट क्यान्सर बिरामीलाई सहयोग गर्ने कार्यक्रम समेत रहेकाले उपचारका लागि त्यसको समेत उपभोग गर्न अनुरोध गरे ।

मन्त्री श्रेष्ठले बिहीबार अधिकारीको घरमै पुगी आर्थिक सहयोग प्रदान गरेका हुन ।

श्रेष्ठले सांसद भएपछि प्राप्त पारिश्रमिक तथा भत्ता जिल्लाको सामाजिक काम र निर्वाचन क्षेत्रका विरामीलाई आर्थिक सहयोग प्रदानमा खर्चिने गरेका छन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS