तनहुँ । तनहुँको व्यास-५ पाटनका ६२ परिवार बोटे समुदायलाई खाद्यान्न सहयोग गरिएको छ ।
नेकपा एकीकृत समाजवादी तनहुँका सदस्य रामलाल श्रेष्ठले आफ्नो व्यक्तिगत सहयोगमा उक्त खाद्यान्न सहयोग गरेको हो ।
प्रती घर १ बोरा चामल र १ किलो नुन सहयोग गरिएको सहयोगदाता रामलाल श्रेष्ठले जानकारी दिए ।
आर्थिक रुपले विपन्न रहेका बोटे समुदायलाई उक्त खाद्यान्न सहयोग गरेको श्रेष्ठले बताए ।
माछा मारेर जिविकोपार्जन गर्दै आएका बोटे समुदायलाई दशैमा राहत होस भनेर सहयोग गरिएको उनले बताए ।
उक्त सहयोग कार्यक्रमको प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) रहेका थिए ।
सो अवसरमा श्रममन्त्री श्रेष्ठले पाटन र दमौली जोड्ने पुलको लागी बजेट ल्याउने बताए ।
बोटे लगाएत अन्य जातीलाई रोजगारी उपलब्ध गराउन लागी पर्ने मन्त्री श्रेष्ठले बताए ।
राज्यले कानुन बनाउन नसक्दा बोटे जाती लोपोन्मुख अवस्थामा पुगेको नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष शंकरनारायण श्रेष्ठले बताए । उनले थपे ‘राज्यले कानुन बनाएर भुमि दिलाउन पर्छ ।’
यस्तै व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले दमौली र पाटन जोड्ने पुलका लागी समेत पहल गरिदिन मन्त्री श्रेष्ठ समक्ष अनुरोध गरेका थिए ।
पाटन तनहुँको कर्णाली जस्तो भएको नेकपा एकीकृत समाजवादी व्यास-३ का अध्यक्ष पवन चुमीले बताए ।
९ जना बोटे एसएलसी पास गरेको भएपनि रोजगारी नपाए अवस्थामा रहेको उनले बताए ।
नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ, व्यास-४ का वडाअध्यक्ष विश्व न्यौपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेकपा एकीकृत समाजवादी व्यास-५ का संयोजक कृष्ण पुनको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रमको एकीकृत समाजवादी पार्टीकी स्वागत कला पुन र संचालन पार्टीका व्यास-३ अध्यक्ष पवन चुमीले गरेका थिए ।