images
images
images

पाटन र दमौली जोड्ने पुलको लागी बजेट ल्याउछु : श्रममन्त्री श्रेष्ठ

images

तनहुँ । पाटन र दमौली जोड्ने पुलको लागी बजेट ल्याउने श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले बताए ।

सो कुरा व्यास-५ पाटन बोटे समुदायलाई राहत वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले बताएका हुन ।

उनले भने ‘पुलले आवतजावतमा सहज हुने र विकासको लागी ढोका खोल्छ ।’

पुलको निर्माणका लागी आउने कर्मचारी, इन्जिनियरलाई काम गर्ने वातावरण बनाउन पाटनबासीलाई मन्त्री श्रेष्ठले आग्रह गरे ।

पुल निर्माणका लागी पाटन बासी एक हुनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

यस्तै खेलमैदान, शवदाह घाट, पराशर माध्यमिक विद्यालयको भवन बनाउनको लागी आफुले पहल गर्ने मन्त्री श्रेष्ठले बताए ।

उनले भने ‘तनहुँ हाइड्रोपावरमा स्थानीयलाई प्राथमिकता दिनुपर्छ ।’

बोटे लगाएत अन्य जातीलाई रोजगारी उपलब्ध गराउन लागी पर्ने मन्त्री श्रेष्ठले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS