images
images
images

श्रममन्त्री किसान श्रेष्ठको प्रमुख स्वकीय सचिवमा खड्का

images

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)को प्रमुख स्वकीय सचिवमा जगतबहादुर खड्का नियुक्त भएका छन् ।

मन्त्री श्रेष्ठले सोमबार आफ्नै गृहजिल्ला तनहुँको भानु नगरपालिका-६ का खड्कालाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै खड्काले श्रेष्ठका स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

खड्काले बिना पूर्वाग्रह अनुशासनमा रहेर मन्त्री श्रेष्ठको प्रतिष्ठालाई उचो राख्ने गरी कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए ।

images