तनहुँ । गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् ।
उनलाई आज साँझ पाँच बजे बिनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।
गत २९ जेठमा कांग्रेस नेतृत्वको सरकार बनेपछि नै उनी मन्त्री बन्ने पक्का थियो । तर, अन्तिममा उनको ठाउँमा कांग्रेसकै विन्दुकुमार थापा मन्त्री बनेका थिए ।
शपथ लिन जादाजादै बाटोमै विकको नाम काटिएपछि काङ्ग्रेस र गृहजिल्ला तनहुँमा पार्टी सभापति शेर बहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको व्यापक आलोचना भएको थियो ।
सांसद विक नेपाली काङ्ग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल संग निकट रहेका छन ।
डोबाटेलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । ‘अहिले बिनाविभागीय हो । प्रदेशमा १२ वटा मन्त्रालय बनाउन मिल्ने भएकाले सम्भवत एउटा थपिन्छ,’ कांग्रेस स्रोतले भन्यो, ‘मुख्यमन्त्री गत हप्ता काठमाडौं जाँदा यही विषयमा कुरा भएको थियो ।’













