images
images
images

एकीकृत मादी नदी विकास परियोजनाको अन्तिम प्रतिवेदन प्रस्तुत, विज्ञले दिए सुझाव

images

तनहुँ । तनहुँको व्यास नगरपालिकाको पहलमा परामर्शदाताद्वारा तयार गरिएको “एकीकृत मादी नदी विकास परियोजनाको” अन्तिम प्रतिवेदन प्रस्तुत गरिएको छ ।

आइतबार व्यास एकीकृत मादी नदि उपत्यका विकास परियोजना गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुत गरिएको थियो ।

व्यास नगरपालिकाको आयोजनामा विभिन्न विषयका विज्ञ एवं संस्थागत प्रतिनिधि बीच उक्त प्रतिवेदन मस्यौदा प्रस्तुत गरिएको नगरपालिकाका वरिष्ठ इन्जिनियर रविन्द्रलाल मुलले जानकारी दिए ।

सो अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासको विकासमा उक्त परियोजनाले सहयोग पुर्‍याउने बताए ।

परामर्शदाताका तर्फबाट कुमार ढुङ्गानाले स्रोतहरुको उपयोग बारे अध्ययन गरी प्रोजेक्ट सुरु गरिएको बताए ।

उनले भने ‘प्रोजेक्ट सम्पन्न भएपछी सफा र सुन्दर नदि, पर्यटनमा टेवा पुग्नेछ ।’

१८ किलोमिटरमा फैलिएको मादी नदिलाई मादी उपत्यकाको रुपमा विका गर्न लागिएको धमलाले बताए ।

अध्ययनको उद्देश्य प्रोजेक्टहरु तयार गरी अन्तिममा एउटा प्रोजेक्ट फाइनल गर्ने रहेको परामर्शदाता धमलाले बताए । स्थलगत रुपमा अध्ययन, पानी र खनिज पदार्थबाट टेस्ट गरिएको उनले बताए । १५ वर्षमा गर्न सकिने योजना छनौट गरिएको उनले जानकारी दिए ।

सो अवसरमा विज्ञहरुले आ आफ्नो सुझाव दिएका थिए ।

सेकेन्डरी स्रोतमा धेरै भर परेको देखिएको जलस्रोत विज्ञ अर्जुन गौतमले बताए । उनलेे भने ‘अझै रिसर्च गर्नुपर्छ ।’

राष्ट्रिय योजना आयोजना आयोग पुर्वउपाध्यक्ष जगदिशचन्द्र पोख्रेलले नदि सम्बन्धि देशकै पहिलो परियोजना भएकाले केन्द्रदेखि प्रदेश र अन्य स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।

यस्तै वातावरण विज्ञ डा. सन्जिव पोख्रेलले वातावरणीय अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी वरिष्ठ सहरी योजना विज्ञ पुनाममान प्रधानले अहिलेको तिव्र सहरीकरणलाई विशेष ध्यान पुर्याएर योजनाको डिपिआर हुनुपर्छ सुझाव दिए ।

यस्तै विपदविज्ञ देव कुमार महर्जनले योजनाका असर र भविस्यमा हुन सक्ने सम्भावित जोखिम बारे विचार गर्नुपर्ने बताए ।

विज्ञका रायका आधारमा परामर्शदाताले डिपिआर र मास्टरप्लानमा थपघट गर्ने नगरपालिकाका इन्जिनियर मुलले जानकारी दिए ।

प्रतिनिधि सभाकी सदस्य कलिला खान र राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ नगरपालिकाको विकासमा सहयोग पुग्ने योजना निर्माण हुनुपर्ने बताए । राष्ट्रिय स्तरको योजना भएकाले सबैको योजना भएको उनीहरुको भनाई थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS