तनहुँ । तनहुँको व्यास नगरपालिकामा नेपाल स्वरोजगार व्यापार श्रमिक संघका फुटपाथ व्यापारीले व्यास नगर कमिटीले धर्ना दिएको छ ।
नगरप्रहरीको हस्तक्षेप बन्द गर्न माग गर्दै नगरपालिकामा धर्ना दिएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघ व्यास नगर कमिटीका अध्यक्ष विष्णु नेपालीले जानकारी दिए ।
उनको भने ‘चाडपर्व भरी व्यापार गर्न नगरपालिका दिने भनेको छ ।’ अध्यक्ष नेपाली अगाडी भने ‘चाडपर्व पछिको लागी भने जनप्रतिनिधिसंग बसेर छलफल गर्ने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले भन्नु भएको छ ।’
गत शुक्रबार मात्रै व्यास-२ कालिकामार्गमा फुटपाथमा तरकारी र फलफूल बिक्री गर्दै गर्दा व्यास नगरप्रहरीले तरकारी फालिदिएको फुटपाथ व्यापारी बताउँछन ।
यता व्यास नगरप्रहरी प्रमुख आशिक परियार भने धकालाधकाल हुँदा तरकारी र फलफूल सडकमा पोखिएको बताउछन ।
उनले थपे ‘हामिले जफत गरेर नगरपालिका लैजान खोजेका थियौ तर फुटपाथ व्यापारी स्वयंले नै आफ्नो ठेलामा लात्तीले हान्न थालेको थियो ।’