images
images
images

वर्तमान सरकार सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउँछौँ : सहरी विकासमन्त्री झाँक्री

images

तनहुँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकार सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने बताएकी छिन । नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताईन ।

मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताइन । यस्तै मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन ।

भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा लड्ने समेत मन्त्री झाक्रीले बताईन । मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताईन ।

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य कलिला खान, रेखा थापा बस्याललगायतले तनहुँ जिल्लामा एकीकृत समाजवादीको सङ्गठन सुदृढीकरणमा ध्यान दिने बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS