images
images
images

वित्तिय साक्षरताका लागि दमौलीमा सांग्रिला बैंकको घरदैलो अभियान

images

तनहुँ । सांग्रिला डेभलपमेन्ट बैंक दमाेैली शाखाले शनिबार वित्तिय साक्षरताका लागि घर दैलो अभियान सञ्चालन गरेको छ ।

बैकको केन्द्रीय कार्यक्रम अन्र्तगत स्थानीयको घरमै पुगेर सेवाका बारेमा जानकारी गराउनुका साथै खाता खोलिएको कर्जा शाखाका कर्मचारी विकास वास्ताोलाले जानकारी दिए ।

व्यास नगरपालिकाअन्र्तगत वडा नम्बर ४ र ५ का विभिन्न स्थानमा पुगेर एक सय भन्दा बढि स्थानीयलाई बैकिङ सेवा सम्बन्धि जानकारी गराईएको थियो ।

त्यस क्रममा २० जना नयाँ ग्राहकको खाता खोल्नुका साथै एटिएम, मोबाईल बैकिङ्ग लगायतका सेवाको लागि फारम समेत भरिएको थियो ।

बैंकले वित्तिय साक्षरता कार्यक्रममार्फत खाता कसरी खोल्ने, चेक कसरी काट्ने, पैसा जम्मा कसरी गर्ने लगायत बैकका अन्य थुप्रै सेवा सुविधाका बारेमा जानकारी गराइएको थियो ।

वित्तिय सेवाका माध्यमबाट सामाजिक उत्तरदायित्य बहन गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैकले घर दैलो कार्यक्रमको क्रममा कोभिडबाट बच्नका लागि अपनाईले स्वास्थ्य सुरक्षाका मापदण्डका विषमा तथा बैकमा कारोवार गर्दा अपनाउनुपर्ने सहजकर्ताका बारेमा समेत जानकारी गराइएको थियो ।

बैंकले देशभर छरिएर रहेका ९७ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा, बचततर्फ आकर्षक ब्याज, रेमिट्यान्स सुविधा, मेबाइल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको कर्जा शाखाका कर्मचारी वास्तोलाले जानकारी दिए ।

जनतालाई बचत गर्ने बानी बसाउने उद्देश्यले नेपाल सरकारको खोलाै बैंक खाता अभियान २०७६ अन्तर्गत रहेर बैंकले विभिन्न शाखामार्फत खोलौं खाता अभियान सञ्चालन गरिरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS