तनहुँ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको आयोजना र महिला मानव अधिकार रक्षक संजाल तनहुँको समन्वयमा शुक्रबार महिला तथा बाल अधिकारको अवस्था विषयक अन्तरसंवाद कार्यक्रम भएको छ ।
प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कानुनमा अधिकार दिएपनि व्यवहारमा लागु नभएको बताए । मानवअधिकारको विषयमा कुनै आग्रहपुर्वाग्रह नराखि सहयोग गर्न आफु तयार रहेको प्रमुख न्यौपानेले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा जन्मदर्ता सम्बन्धि समस्या पालिका स्तरमा पुग्दा भेटेको बताए । उनले भने ‘आफुबाट सुरु गर्नुपर्छ ।’
महिला हरेक काम गर्न सक्ने अवस्थामा रहेको सहभागी निर्मला मल्लले बताईन । यस्तै जन्मदर्ता सबै नागरिकको गर्नुपर्ने सहभागी व्यास-५ की वडासदस्य कृष्णदेवि खनालले बताईन ।
यस्तै संचारकर्मी अन्जना तिमल्सेनाले महिलाले आफु माथि भएको हिंसाबारे जानकारी महिला नहुदा हिंसा सहेर बस्न बाध्य भएको बताईन ।
व्यास-१० की वडासदस्य लक्ष्मी परियारले कागजी प्रमाण नहुदा न्याय प्रक्रियामा समस्या परेको बताईन ।
प्रहरीको महिला सेलमा आएर आफ्नो समस्या बताउन महिलाहरुलाई प्रहरी हवल्दार सुनिता कार्कीले जानकारी दिईन ।
एउटा महिलालाई समस्या पर्दा सबै महिला एकजुट भएर साथ र सहयोग गर्नुपर्ने इनर्ह्विल क्लब अफ दमौलीकी अध्यक्ष मन्जु थापाले बताइन् ।
मुस्लिम महिलालाई घरबाट निस्कन समेत गाह्रो भएको र घरभित्र मात्रै सिमित भएको सहभागी साना मियाले बताईन । आफुहरु कुनैपनि ठाँउमा सुरक्षित नभएको मियाले बताइन ।
महिलाको अवस्था बारे जानकारी दिन कार्यक्रम गरेको महिला मानव अधिकार रक्षक संजाल तनहुँकी अध्यक्ष कला पुनले बताईन ।
महिला एकजुट भएको आफ्नो अधिकारका लागी लाग्नुपर्ने महिला मानव अधिकार रक्षक संजाल गण्डकी प्रदेशकी सदस्य कल्पना पौडेलले जानकारी दिइन ।
महिला घर बाहिर निस्कनुपर्ने र आफ्ना अधिकार बारे जागरुक हुनुपर्ने आदिवासी जनजाति जिल्ला कार्य समिति तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।
कार्यक्रमको बारेमा मानव अधिकार अधिकृत टंक खनाल प्रकाश पारेका थिए ।