images
images
images

प्रधानमन्त्री देउवाले दिए मन्त्रिपरिषदलाई पूर्णता, यस्तो छ कार्यविभाजन

images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।

यस्तो छ कार्य विभाजन

काँग्रेस

गृह मन्त्रालय– बालकृष्ण खाण

सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

परराष्ट्र मन्त्रालय – नारायण खड्का

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडू

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

माओवादी केन्द्र

ऊर्जा मन्त्रालय – पम्फा भुषाल

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशी श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

एकीकृत समाजवादी

स्वास्थ्य तथा जनसंख्या – विरोध खतिवडा

संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)

सहरी विकास मन्त्रालय– प्रेम आले

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपा

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

भौतिक पुर्वाधार तथा यातायात – रेणु यादव

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS