तनहुँ । तनहुँ जिल्लामा रहेका अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरू लाई काेशिशले खाद्य तथा सरसफाइ सामाग्री सहयोग गरेको छ ।
व्यास नगरपालिका भित्रका ७१ जना र म्याग्दे गाउँपालिकाका ६० जना लाई सामाग्री वितरण गरिएको काेशिशका प्रमुख रविलाेचन पाैडेलले जानकारी दिए ।
जिल्लाभरका ३ सय ७५ जनालाई खाद्यान्न तथा १ सय २० जनालाई स्वास्थ्य तथा सरसफाइ सामाग्री बितरण गर्ने याेजना अनुसार व्यास र म्याग्देका विपन्न वर्गलाइ वितरण गरिसकेको र भिमाद लगायतका स्थानीय तहमा तत्कालै बितरण गरिने पाैडेलले बताए ।
राहतमा दाल, चामल, नुन, तेल, चना रहेको र उक्त सामाग्री व्यास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठको प्रमुख अातिथ्यतामा प्रदान गरिएको काेशिशले जनाएको छ ।
गाउँका निम्न आय भएका वास्तविक अशक्त तथा अपांगता भएकाकाे हातमा राहत पुगाेस भनेर काेशिशले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय तहका प्रमुखहरू र अपांगको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई छान्ने जिम्मेवारी दिई सोहि अनुसार राहत वितरण गरिने पाैडेलले भने ।
काेभिड १९ ले पिराेलेकाे अवस्था एकातिर भने अर्कोतिर दसैंकाे मुखमा खाद्यान्न सामाग्री पाउँदा व्यासकी विष्णु कुमारी श्रेष्ठले काेशिशलाइ धन्यवाद दिइन् ।
गरिविकै कारणले दसैंमा के खाने भन्ने पिर भइरहेको बेला काेशिशले राहत दिएकोमा श्रेष्ठ लगायत सबै खुसि देखिन्थे ।