images
images
images

छ करोडको लगानीमा स्थापना भयो तनहुँ आरएमसि

images

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.१ अम्रेनीमा तनहुँ आरएमसि उद्योग स्थापना भएको छ ।

उद्योगको व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले एक समारोहका विच उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले उद्योगले गुणस्तरीय सेवाका साथै शुलभ दरमा जनतालाई सेवा दिएर सवल बस्ति निर्माणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

नगर क्षेत्रका धन, मन सिप भएका युवाहरुको लगानीमा स्थापना भएको उद्योगले व्यास नगरपालिका क्षेत्रकै ठुलो उद्योग भएको बताए ।

करिब ६ करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले गुस्तरीय आरएमसि उत्पादन तथा ढुवानी गर्ने कम्पनीका लगानी कर्ता मध्येका एक विनय श्रेष्ठले बताए ।

कम्पनीका अध्यक्ष दिल बहादुर दरैको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिका वडा नं. १ वडा अध्यक्ष खरसिं दरै, व्यास नगपालिकाका इन्जिनियर रविन्द्र लाल मुल, संचालक सनम तमाङ लगायतले कार्यक्रममा उद्योग सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS