damuli hospatail

२४ मंसिर २०८०, आईतवार

म्याग्दे ५ काे वडा कार्यालय भवन उद्घाटन

तनहुँ । तनहुँकाे म्याग्दे गाउँपालिका वडा नम्बर ५ काे नवनिर्मित कार्यलय भवन उद्घाटन भएको छ ।

कार्यलयकाे बिहिवार म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।

कार्यलयकाे उद्घाटन गर्दै अध्यक्ष रानाले गाउँपालिकामा सबै विषय शिर्षकमा समानुपातिक तवरले बजेट बितरण गरिएको बताइन् ।

अध्यक्ष रानाले चुनावमा जनतालाई दिएको वचन अाफ्नाे पालामा पुरा गरेको महशुस भएको भन्दै त्यो मुल्यांकन गर्ने अधिकार जनताको भएको बताइन् ।

गाउँपालिकामा भएको श्राेत साधन लाई परिचालन गर्ने ठाउँ धेरै भएकोले सबैलाई चित्त बुझाउन समस्या भए पनि पारदर्शी तरिकाले बितरण गर्दा समस्या नभएको उनको भनाइ थियो ।

स्व. ताराराज रानाले म्याग्देकाे विकास गर्दागर्दै अकस्मात स्वर्गवास हुनपरेकाे र उहाँको अधुरो कामलाई पूरा गर्न अगाडि बढ्ने क्रममा गाउँपालिकाकाे अध्यक्ष बनेको रानाको भनाइ छ ।

वडा नं ५ काे विकासकाे कुरा गर्दा
अामा समुहको भवन बनाउने देखि पिच र स्वास्थ्य चाैकि निर्माण सँगै पुलहरू बनाउन सफल भएको रानाले बताइन् ।

कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्दे स्थापनाकाे इतिहास अाफैमा गाैरब भएको बताए ।

हामी जनप्रतिनिधि भएर अाउँदा रित्तो हात अाएका थियौं, कार्यलय देखि कानुन केही पनि थिएन , त्यसलाई पूरा गर्न समय लाग्दापनि बिकासका काममा सुरुका बर्षमा केही ढिला भएको हाेकि भन्ने महशुस गरेको उपाध्यक्ष घिमिरेले बताए ।

तर पनि जनताले देख्ने गरि गाउँपालिकाले अहिले काम गरिरहेकाे घिमिरेको भनाइ छ ।
संघीय सरकारले खैरेनीटार भिमाद माेटर मार्ग दुई लेनकाे बनाउने याेजना अन्तर्गत १५ करोडमा काम सुरु गरेकोले अब छिट्नु यहाँ बाटोकाे सुविधा पनि सहज हुने उनको भनाइ छ ।

म्याग्दे ५ मा छाङपाटन काे बाटो स्तरउन्नति गरेको , अब्यबस्थित खानेपानी लाई व्यबस्थित बनाउने काम गरेको , स्वास्थ्य चाैकि नभएको ठाउँमा बनाउने काम गरेको घिमिरेले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले सिंहदरबारको अधिकार गाउँमा भनेको नैँ वडा कार्यलय बन्नु र सेवा दिनु हाे भन्दै अब नागरिकको जिवस्तर उकासिने र दुख पनि कम हुने बताए ।

राम्रो भवन बन्दैमा नागरिकले गुणस्तरीय र छिटो सेवा पाउँछन् भन्ने हुँदैन ।

यसमा कर्मचारी र जनप्रतिनिधिले बिशेश ध्यान पुर्याउनु पर्दछ अधिकारीकाे भनाइ छ । म्याग्देकाे सेवा प्रभाव अन्य पालिकाकाे भन्दा गुणस्तरीय छ भन्ने कुराकाे प्रमाणित त अान्तरिक स्वमुल्याकंनमा प्रथम हुनुले प्रमाणित गरेको छ अधिकारीले भने ।

राजनीति र प्रशासन एक अर्काका परिपुरक हुन भन्दै पाेलिसि राजनितीले गर्छ , कानुन बनाउछ त्यसलाई प्रशासनले हेर्ने काम गर्छ उनलेे भने । अधिकारीले वडा कार्यलय भवन कुल ८४ लाख २७ हजार १ सय ३२ रूपयाँमा सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्षहरू शिवशरण वाग्ले , चन्द्रबहादुर रानाभाट , श्री बहादुर थापा , प्रेम बहादुर थापा , वसन्त थापा , पद्मराज वाग्लेले सुभकामना ब्यक्त गरेका थिए ।

यस्तै
नेकपा एमालेका भिमबहादुर विक , नेपाली काङ्ग्रेसका रामभक्त घिमिरे , नेकपा माअाेवादि केन्द्रका दिलबहादुर नेपाली , राप्रपाका हितमान कायस्थ लगायतले पार्टीको तर्फबाट मन्तब्य राखेका थिए ।

उद्घाटन कार्यक्रम म्याग्दे ५ का अध्यक्ष शिव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य चिनिमाया थापाले स्वागत र याेजना शाखाका प्रमुख श्रीराम खनालले सञ्चालन गरेका थिए ।

यसैगरि उद्घाटन कार्यक्रम सम्पन्न पश्चात् बसेकाे म्याग्दे गाउँपालिकाकाे ११औं गाउँ सभा बैठक विभिन्न निर्णय गरि सम्पन्न भएको छ । गाउँसभाले केही बजेट संसाेधन सम्बन्धि निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । यस्तै कर्मचारी समायोजन ब्यबस्थापन र डम्पिङ साइड स्थान ब्यबस्थापन लगायतका १२ वटा निर्णय भएको प्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala