images
images
images

पत्रकार वाग्लेलाई ‘बन्दिपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कार’

images

बन्दिपुर । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको ‘बन्दिपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कार’बाट पत्रकार मदन वाग्लेलाई पुरस्कृत भएका छन् ।

पत्रकार वाग्लेलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल र कम्पनीका अध्यक्ष रामचन्द्र शर्मांले बिहीबार रु.एक लाख राशी बारबारको शेयरले सम्मान गरेका हुन् ।

पहाडकी रानी उपनामले परिचित बन्दिपुरमा निर्माणधीन बन्दिपुर केबलकार परियोजनाको प्रचार प्रसारमा उल्लेखनीय सहयोग गरेको भन्दै कम्पनीको ७औं साधारण सभाको अवसरमा वाग्लेलाई पुरस्कृत गरिएको हो ।

उक्त पुरस्कार वितरणको लागि तारानाथ उपाध्यायको संयोजकत्वमा सदस्यहरु शिवप्रसाद शर्मा र कृष्णराज अधिकारीको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो ।

समितिको सिफारिसमा द हिमालयन टाइम्सका तनहुँ संम्वाददाता र प्रार्देशिक खबर राष्टिय दैनिकका प्रधान सम्पादक वाग्लेलाई सम्मान गरिएको हो ।

कम्पनीले बन्दिपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारीता २०७६ मा स्थापना गरेको थियो । उक्त पुरस्कार उद्यमशील पत्रकारितासंग सम्बन्ध रहेको छ । उक्त राशीले सम्मान गर्दा जीवनभर सम्मानित हुने व्यक्तिले सम्मान पाइरहन सक्छन भन्ने कम्पनीले बिश्वास लिएको छ ।

यसअघि उक्त पुरस्कारबाट जिल्लाका पत्रकार कृष्ण न्यौपाने पुरस्कृत भईसकेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS