images
images
images

टिम नेपोद्वारा छाब्दीमा सरसफाई र डस्टबिन सहयोग

images

तनहुँ । टिम नेपो तनहुँको आयोजना तनहुँको आयोजना जिल्लाको प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार छाब्दी बाराही मन्दिर परिसरमा सरसफाइ र स्वागत बोर्ड राखिएको संस्थाका अध्यक्ष मिन कुँवरले जानकारी दिए । सरसफाईसंगै संस्थाले १० वटा डस्टबिन सहयोग गरेको कार्यक्रमका संयोजक उमेश पौडेलले बताए । डस्टबिनका लागी व्यास नगरपालिकाले आर्थिक सहयाेग गरेकाे संस्थाले जनाएको छ ।

घटस्थापनाको अवसर पारी सरसफाइ कार्यक्रम गरेको संस्थाले जनाएको छ । कार्यक्रमका प्रमुख अथिति छाब्दी बराही मन्दिर विकास कोष समितिका अध्यक्ष थान बहादुर थापा रहेका थिए । प्रमुख अथिती थापाले सहयोग प्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष दुर्गा बहादुर थापा, सचिव अनुप आले, छाब्दी बराही राजावाम युवा क्लवका अध्यक्ष गोविन थापा, छाब्दी प्रहरी इन्चार्ज कपिल अधिकारी र छाब्दी बराहीका पुजारी कृष्ण बहादुर आले उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालन संस्थाका सचिव रवि अधिकारीले गरेका थिए । ​संस्थाले गत दुई वर्षदेखि जिल्लामा विभिन्न सामाजिक सेवा गर्दै आइरहेको छ

images