images
images
images

दमौलीमा ५० लाख लगानीमा युवाको समुहले खोले जस्ट चिल

images

तनहुँ । तनहुँको दमौलीमा स्थानीय युवाहरुको समुहले जस्ट चिल नामक रेस्टुरेन्ट खोलेका छन ।

स्थानीय २० जना युवाहरुको संयुक्त लगानीमा उक्त रेस्टुरेन्ट खोलेको लगानीकर्ता मध्यका एक सुनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त रेस्टुरेन्टमा स्थानीय युवाको ५० लाख लगानी गरिएको छ ।

दमौलीको मुटु व्यास-२ मा उक्त रेस्टुरेन्ट रहेकोे छ । उक्त रेस्टुरेन्टको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख न्यौपानेले पार्टनरसिपको व्यवसाय सफल बनाउन युवाको समुहलाई शुभकामना व्यक्त गरे ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र श्रेष्ठले युवा व्यवसायमा लाग्नु सुखद भएको बताए । उनले भने ‘राम्रो व्यवस्थापन भए व्यवसायमा सफलता मिल्छ ।’

स्कान गरेर अर्डर र पेमेन्ट गर्न सकिने लगानीकर्ता मध्यका एक माधव न्यौपानेले जानकारी दिए । उनले भने ‘दमौली नयाँ टेस्ट र केएफसीको खानेकुराको स्वाद दिन जस्ट चिल खोलेका छौ ।’

‘छलफल गरेर सामुहिक लगानीमा व्यवसाय सुरु गरेका हौ ।’ न्यौपानेले भने ‘टेक्नोलोजीको अत्याधिक प्रयोग गरेका छौ ।’

उनले थपे ‘कम्प्युटर बिलिङ, मेन्यु डिस्प्ले लगाएतका प्रविधिको प्रयोगले पारदर्शीता हुन्छ ।’

उक्त कार्यक्रममा संविधान सभा रामचन्द्र पोख्रेल, व्यास-२ का वडाअध्यक्ष काशीराम श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति भुपाल आले, जेसीआई व्यासनगरका अध्यक्ष लक्ष्मीभक्त खनाल लगाएतको उपस्थिति रहेकोे थियो ।

शुभारम्भ कार्यक्रममा स्वागत सुरेश पुरी र संचालन सुनिल मिश्रले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS