तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँमा ६६औं प्रहरी दिवसको अवसरमा बुधबार विशेष कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीको अध्यक्षतामा तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, अमर प्रहरीका तथा बीर प्रहरी परिवारजनहरु, नेपाल पूर्व प्रहरीका अध्यक्ष तथा पदाधिकारीहरु, संचारकर्मी लगायत प्रहरी कर्मचारीहरु समेत गरी सहभागितामा रहेको थियो ।
सो अवसरमा कार्यालयको हाताभित्र रहेको अमर प्रहरी स्मारकमा प्रमुख अतिथि र प्रहरी उपरीक्षकवाट पुष्पहार अर्पणका साथै प्रहरी बाट शोक सलामी अर्पण गरिएको थियो ।
कार्यक्रममा समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न र पीडितलाई न्याय पीडकलाई संजाय दिलाउनका लागि जिल्लाभरबाट अति उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
साथै ‘स्वास्थ्य नै जीवन हो’भन्ने मूल मन्त्रका साथ खेलिने अन्तर प्रहरी व्याटमिन्टन प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई प्रशंसा पत्रसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा अमर प्रहरी तथा बीर प्रहरीका परिवारहरु र कर्तब्य पालन गर्ने सिलसिलामा घाइते भई असक्त प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रही नायव उपीक्षक युवराज तिमिल्सिनाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । साथै सो अवसरमा प्रहरी महानिरीक्षकबाट प्रेषित शुभकामना सन्देश बाचन गरिएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारी, पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्र.नि. सुरज रानाभाट, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, व्यास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम श्रेष्ठवाट शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेश राज मैनालीवाट धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रम प्रहरी निरीक्षक कुमार गुरुङ्ले संचालन गरेका थिए ।